७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मू–कश्मीरमा भारतले खेलेको खेल भयानक : पाकिस्तानी विदेश मन्त्री



अ+ अ-

काठमाडौं । पाकिस्तानले जम्मू–कश्मीरका विषयमा भारतीय सरकारले चालेको कदमको आलोचना गरेको छ । 

पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरैशीले धारा ३७० हटाउने निर्णय त्यस क्षेत्रकै लागि भयानक भएको बताएका छन् । 

विदेश मन्त्री कुरैशीले भने, ‘भारतले डरलाग्दो खेल खेल्यो । यसको असर पुरै क्षेत्रमा भयानक हुन सक्छ । इमरान खान कश्मीर मुद्दालाई समाधानको बाटोमा लैजान चाहनुहुन्थ्यो । तर भारतको पछिल्लो कदमले यसलाई झन जटिल बनाइ दिएको छ । कश्मीरीहरुलाई पहिलेदेखि नै थुनेर राखिएको छ । हामीले यस प्रकरणका बारेमा संयुक्त राष्ट्र संघमा जानकारी गराएका छौँ । हामीले इस्लामिक देशलाई पनि जानकारी गराएका छौँ । पाकिस्तानी नागरिक कश्मीरी नागरिकको साथमा छन् ।’

राष्ट्रपति रामनाथ कोविन्दले जम्मू–कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरेका थिए ।तनावग्रस्त राज्यसभामा केन्द्रीय गृहमन्त्री अमित शाहले जम्मू–कश्मीरलाई विधानसभासहित केन्द्रीय सरकार मातहत रहने निर्णय गरिएको बताए।

प्रस्तावअनुसार लद्दाकलाई केन्द्रशासित बनाएको छ। त्यहाँ विधान सभा हुने छैन। त्यस्तै जम्मु कस्मिरमा पनि केन्द्र शासन लागू हुनेछ तर त्यहाँ विधान सभा रहिरहनेछ।

धारा ३७० को अन्त्य गर्ने अघिल्लो दिनदेखि मोदी सरकारले जम्मु कस्मिरमा फोन र इन्टरनेट बन्द गरिदिएको छ भने राज्यका दुई पूर्वमुख्यमन्त्रीहरूलाई घरमै नजरबन्दमा राखेको छ।

पूर्वमुख्यमन्त्रीहरू ओमार अब्दुल्लाह र मेहबुबा मुफ्तीलाई उनीहरूको घरमै आइतबार रातिदेखि नजरबन्दमा राखिएको छ।

श्रीनगर जिल्लाभरिनै सेना र सुरक्षा फौजको गस्ती बढाइएको छ भने सबै शैक्षिक संस्थाहरु बन्द गरिएको छ। कस्मिरमा कर्फ्यू घोषणा नगरिए पनि कुनै पनि प्रकारको भेला तथा र्याली गर्न प्रतिबन्ध लगाइएको छ।