७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा डेङ्गुबाट ४७ जनाको मृत्यु



अ+ अ-

कोलम्बो । श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ ।

विभागका अनुसार जुलाईको अन्त्यसम्म दुई लाख ३४ हजारमा डेङ्गु देखिएको छ । राजधानी कोलम्बो जिल्लामा सबैभन्दा बढी सात हजार २६० जनामा डेङ्गु देखिएको छ भने कोलम्बो नजिकैको गाम्पाहामा तीन हजार र कालुतारामा दुई हजारभन्दा बढीमा यो रोग पाइएको छ ।

इपिडिमियोलोजी एकाईले देशका पाँच जिल्लामा डेङ्गुको सबैभन्दा ठूलो जोखिम देखिएको जनाएको छ । राजधानी कोलम्बो समेत गाम्पाहा, ग्याल्ले, कालुतारा र रत्नापुरामा डेङ्गुको सर्वाधिक संक्रमण छ ।

स्वास्थ्यकर्मीहरुले स्थानीय मानिसहरुलाई उच्च ज्वरो आउने, बारम्बार वान्ता हुने, पेट दुख्ने, रिङ्गटा लाग्ने तथा पिसाब कम लाग्ने लक्षण देखिए तत्काल स्वास्थ्यकेन्द्रमा गई उपचार गर्न आग्रह गरेका छन् ।

उनीहरुले गर्भवतीहरुलाई डेङ्गुको सम्भावित लक्षण देखिनासाथ अस्पतालमा भर्ना भएर उपचार गर्न आग्रह गरेका छन् ।श्रीलंकामा गत वर्ष ५० जनाभन्दा बढीको डेङ्गुकै कारण मृत्यु भएको थियो भने ४८ हजारभन्दा बढी प्रभावित भएका थिए ।

एक प्रकारको लामखुट्टेको टोकाईबाट सर्ने यस रोगबाट श्रीलंका हरेक वर्ष प्रभावित हुने गरेको छ ।