७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको अनुशासन समितिमा पार्टी सभापति देउवा र कोइरालाविरुद्ध उजुरी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिमा पार्टी सभापति शेरबहादुर देउवा र शेखर कोइरालाविरुद्ध उजुरी परेको छ ।

अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले पनि सभापति देउवासँगै कोइरालाविरुद्ध उजुरी परेको स्वीकार गरेका छन् ।

सभापति देउवाविरुद्ध भरतपुरमा रुख चिहृनबाहेक अन्यत्र मतदान गर्न लगाएको भन्दै उजुरी परेको हो ।


देउवाले स्थानीय चुनावमा भरतपुर महानगरको मेयरमा तत्कालीन माओवादीकी उम्मेदवार रेनु दाहाललाई भोट मागेका थिए ।

यस्तै शेखर कोइरालाविरुद्ध १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्दा योग्यता नपुगेको भन्दै उनीविरुद्ध अनुशासन समितिमा उजुरी परेको हो ।

कांग्रेसको विधानअनुसार लगातार १० वर्ष क्रियाशील सदस्य भएपछि मात्र केन्द्रीय सदस्य हुन पाइन्छ । तर वि. सं. २०६० सालसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति रहेका कोइराला लगातार १० वर्ष क्रियाशील सदस्य नभइ पार्टी केन्द्रीय सदस्य भएको उजुरीकर्ताको दाबी छ ।

यद्यपि यो उजुरी पेन्डिङमा राखिएको छ ।