७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोबेल मेडिकल कलेजमा सुत्केरी महिलाको मृत्यु



अ+ अ-

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा सामान्यरुपमै सुत्केरी भएकी महिलाको मृत्यु भएको छ । प्रसूतिका लागि सोमबार भर्ना भएकी सुनसरी झुम्काकी पार्वती कार्कीको मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेजमा भर्ना भएकी ३५ वर्षीय कार्कीले मंगलबार बिहान १० बजे दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन् ।

नर्मल डेलिभरी भएकी महिलाको रगत धेरै बग्दा पनि चिकित्सले उपचारमा चासो नदिएको उनीहरुको गुनासो छ । ‘नर्मल डेलिभरी भएपछि उहाँको पाठेघरबाट रगत बगेछ,’ पावर्तीका आफन्त पुस्बिन अधिकारीले भने, ‘तर रगत बग्दा चिकित्सकले हेरेनन् ।’

अत्यधिक रक्तश्राव भएपछि चिकित्सकले मंगलबार दिउँसो २ बजे पाठेघरको फाल्ने भन्दै अप्रेशन थिएटर लगेका थिए । तर, उनलाई बुधबार बिहान ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

मृतक कार्कीको बच्चाको स्वास्थ्य भने सामान्य छ । उनका श्रीमान वैदेशिक रोजगारीकालागि कतारमा छन् ।