६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव संसाधन प्रक्षेपण कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानव संसाधन प्रक्षेपण कार्यदलले आज प्रतिवेदन बुझाएको छ । मानव संसाधन निर्देशक समितिका अध्यक्ष एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले प्रधानमन्त्री ओलीलाई बालुवाटरमा प्रतिवेदन बुझाएका हुन् ।

सरकारले गत असोज २८ गते डा. रुद्र सुवालको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास योजना कार्यदल गठन गरेको थियो ।

कार्यदलको प्रतिवेदन बुझदैं प्रधानमन्त्री ओलीले प्रतिवेदनले भविष्यमा देशमा आवश्यक पर्ने जनशक्ति रोजगारीको सम्भवना बीचको तालमेल खोज्न सजिलो हुने बताउनुभएको छ । “यस अघि गति मिहिन ढंगले यस प्रकारको अध्ययन भएको थिएन ” प्रधानमन्त्री ओलीले भने “यस अध्ययनले हामीलाई गन्तव्यमा पुग्न सहज हुने मैले विश्वास लिएको छु । ”

प्रधानमन्त्री ओलीले एकातिर शिक्षित व्यक्ति बेरोजगार हुने अर्कोतर चाहिएको जनशक्ति उपलब्ध नहुने अवस्थाको अब अन्त्य हुने पनि बताए । “अहिलेको अवस्थामा हाम्रो आवश्यकता र जनशक्ति बीच भेट हुदैन ” प्रधानमन्त्री ओलीले भने “यस प्रतिवेदन मार्फत सरकारले जनशक्ति र देशको आवश्यकताका बारेमा विभिन्न कोणबाट बिष्लेषण गर्नेछ । ”