६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजील्यान्डमा हलुका प्लास्टिक ब्याग प्रतिबन्धित



अ+ अ-

वेलिङटन । न्यूजील्यान्ड सरकारले एकपटक मात्र प्रयोग गर्न मिल्ने प्लास्टिक ब्याग प्रयोगमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित प्लास्टिक ब्यागको प्रयोग गरेको पाइए कडा सजाय दिइने सरकारले जारी गरेको आदेशमा उल्लेख छ ।

प्लास्टिकको प्रदूषण विश्वव्यापी चासोको विषय बनेको छ । प्लास्टिकमा अल्झिएर वा प्लास्टिक खाएर बर्सेनि लाखौं चरा र एक लाख भन्दा बढी सामुद्रिक जीव मारिने वा घाइते हुने गरेको अध्ययनहरुले देखाएका छन् ।न्यूजील्यान्ड सरकारले लगाएको प्रतिबन्धलाई बेवास्ता गर्ने कम्पनीहरुमाथि ६७ हजार अमेरिकी डलरसम्म जरिवाना गर्ने जनाएको छ ।

न्यूजील्यान्डका वातावरणमन्त्री युजिन सेजले न्यूजील्यान्डलाई सफा, हरियो र बस्न लायक बनाउने प्रयासस्वरुप नयाँ कदम चालिएको बताए ।राष्ट्रसंघीय वातावरण कार्यक्रमका अनुसार विश्वका ८० भन्दा बढी मुलुकले पातला प्लास्टिक ब्यागको प्रयोग निषेध गरिसकेका छन् ।