२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप विजेता युरोकप छनौटमा पराजित



अ+ अ-

काठमाडौँ । विश्वकप विजेता फ्रान्स युरोकप छनौटमा टर्कीसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा फ्रान्स टर्कीसँग २-० गोलले पराजित गरेको हो ।

टर्कीको जितमा कान आयहान र केन्जिज अन्डरले एक एक गोल गरेका थिए । टर्कीका लागि आयहानले खेलको ३०औ मिनेटमा गोल गर्दै टर्कीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४०औ मिनेटमा अन्डरले गोल गर्दै टर्कीको अग्रता दोब्बर पारेका थिए ।

फ्रान्सले सन् २०१५ पछि पहिलो पटक २ वा २ भन्दा बढी गोल खाएको छ । एन्टोनी ग्रीजम्यान, किलीयन एम्बाप्पे र ओलिभर गिराउड जस्ता खेलाडीले गोल गर्न नसक्दा फ्रान्स पराजित भयो ।

यो जितसँगै टर्कीले युरोकप छनौटको समुह एचमा खेलेका ३ खेलमा तिनै खेलमा जित हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै फ्रान्स भने ३ खेलमा २ खेलमा जित हासिल गर्दै दोस्रो स्थानमा रहेको छ । त्यस्तै आइसल्याण्ड पनि ३ खेलमा ६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।