५ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजुरबुवाको निधन भएको भोलिपल्टै अजय देवगनकी छोरी सैलुन पुगेपछि….



अ+ अ-

काठमाडौं । बलिउड सेलिब्रिटी अजय देवगनको पिताको मृत्यु भएको दुई दिन मात्र भएको छ । उनको परिवार शोकमा छ । अजयको पिताको अन्तिम संस्कारमा सहभागी हुन भारतीय कलाकारहरु उनको दैलोमा पुगेका थिए । तर हजुरवुवाको मृत्यु भएको भोलीपल्टै उनकी नातिनी भने सामाजिक सञ्जालमा ट्रोल बनेकी छन् । बलिउड सेलिब्रटी र उनका सन्तान सधैं विभिन्न कारणले ट्रोलको शिकार बन्ने गरेका छन् । अब यो सूचीमा नायक अजय देवगनकी छोरी न्यासाको नाम पनि जोडिएको छ ।

सोसल मिडियामा प्रकाशित भिडियो अनुसार न्यासा हजुरबुवाको मृत्यु भएको भोलिपल्टै अर्थात् मंगलबार मुम्बईस्थित एक सैलुनमा कपाल काट्न पुगेको भिडियो सार्वजनिक भएपछि उनी आलोचित भएकी छिन् । सैलुनबाट निस्किएपछि खिचाएको फोटो र भिडियो सार्वजनिक भएपछि उनी आलोचित बनेकी हुन् । उनलाई अहिले सामाजिक सञ्जालमा ट्रोलको शिकार बनाइएको छ ।
उक्त तस्बिरमा उनी खैरो कार्गो पाइन्छ, सेतो टप र सेतो स्निकर्समा क्यामरालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ । प्रयोगकर्ताले ‘हजुरबुवाको निधन भर्खरै भएको छ तरपनि कपाल काट्न हिँडिन्’ भन्दै प्रश्न गर्न थालेका छन् । स्मरण रहोस्, अजयका पिता एवं बलिउडका चर्चित एक्सन निर्देशक विरु देवगनको मे २७ मा निधन भएको थियो । उनको अन्तिम संस्कारमा बलिउडका विभिन्न हस्तीको पनि सहभागिता थियो ।