५ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध लागुऔषधसहित एक जना पक्राउ



अ+ अ-

भादगाउँ । भक्तपुरको जगातीमा सवारी जाँचका क्रममा प्रहरीले अवैध लागुऔषध ३९६ थानसहित एक युवकलाई पक्राउ गरेको छ ।

बनेपाबाट काठमाडौँतर्फ आउँदै गरेको बा४१प ३१५५ नंको मोटरसाइकल जाँच गर्नेक्रममा प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–७ का २४ वर्षीय राजेश राईलाई सोमबार पक्राउ गरी हिजो मङ्गलबार सार्वजनिक गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार राईको साथबाट बुप्रिनोरफिन लुपिजेसिक दुई एमएलको ९८ थान, फेनिरामाइन एभिल दुई एमएलको १०० थान, प्रोमेथाजिन हाइड्रोकोलोराइड फेनरगन दुई एमएलको १०० थान, डाइजेपाम ७२ थान, सिसाको बाहिरी भागमा कुनै पनि लोगो नभएको लागुऔषधजस्तो देखिने २६ थानसहित जम्मा ३९६ थान लागुऔषध बरामद भएको उहाँले बताउनुभयो ।

जगाती नाका हुँदै काठमाडौं भित्रिने र बाहिरिने सवारी जाँच गर्ने क्रममा बनेपाबाट काठमाडौँतर्फ आउँदै गरेको बा४१प ३१५५ नंको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार राई कालो रङको झोला बोकी भागेकामा तत्काल नियन्त्रणमा लिई निजले बोकेको झोला खानतलासी गर्दा उक्त झोलाभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध बरामद भएको प्रनाउ पोखरेलले बताउनुभयो ।