५ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गद्दी आरोहणको अवसरमा जापानी राजदूतको स्वागत समारोह



अ+ अ-

काठमाडौँ, १४ जेठ (रासस) जापानी सम्राट नारुहितोको गद्दी आरोहणको शुभ अवसरमा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले आज काठमाडौँमा स्वागत समारोहको आयोजना गर्नुभयो ।
सो समारोहमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली उपस्थिति हुनुभयो । साथै समारोहमा पूर्व प्रधानमन्त्री, मन्त्रीगण, पूर्व मन्त्री, सांसदहरु, नेपाल सरकारका विशिष्ठ अधिकारी, नेपाल स्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
त्यस अवसरमा राजदूत साइगोले जापान नेपाल सम्बन्धका विविध पक्षको चर्चा गर्नुभयो ।
उहाँले सम्राट नारुहितो सन् १९८७ मा नेपाल आउनुभएको प्रसंग उल्लेख गर्नुभयो । उहाँले जापान र नेपालका विदेशमन्त्रीहरुले हालैमात्र दुइ देशको आपसी भ्रमण गरेकोले सम्बन्ध थप उचाइमा पुगेको धारणा राख्नुभयो ।
राजदूत साइगोका अनुसार यही मे महिनामा सम्राट नारुहितोले गद्दी आरोहण गरेपछि जापानमा नयाँ युगको शुरुआत भएको भनी नयाँ युग समारोह मनाउन थालिएको छ ।
यस समारोहलाई रिवा भनिन्छ । रिवाको अर्थ एक राम्रो सौहार्दता भन्ने हुन्छ । यस अवसरमा नयाँ फूलहरु फूलाउने तथा सौहार्दता बढाउन सांस्कृतिक लगायतका कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ ।