५ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार वर्षमा कम्युनिस्ट सरकारले देशलाई तहसनहस बनाउछ: थापा



अ+ अ-

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अहिलेका सरकारका गतिविधिले कम्युनिस्ट सरकारका अबका चार वर्षमा देश बर्बाद गर्ने बताएका छन् ।

स्थापना दिवसका अवसरमा नेविसंघले दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अहिले उद्योग धन्दा बन्द हुन थालेको भन्दै थापाले अबका चार वर्षमा यो संख्या अझै बढ्ने बताए। उनले भने, ‘लेखेर राख्नुस् अबका चार वर्षमा अझ धेरै उद्योग धन्दा बन्द हुँदैछन्।’

उनले चीन बाहेक कम्युनिस्टको नेतृत्व भएको मुलुकले समृद्धि हाँसिल नगरेको जिकिर गरे। नेता थापाले देशमा केही भएन भनेर व्यवस्था परिवर्तन गर्नु नपर्ने भन्दै यही व्यवस्थामा सही विचारले नेतृत्व गरे मात्र देश बदलिने बताए। यसका लागि क्षमता भएका व्यक्तिले नेतृत्व पाउनुपर्ने उनले बताए।