१ असार २०८३, सोमबार
,
Latest
उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरीका कारण पर्सामा एक जनाको मृत्यु, आधा दर्जन प्रहरी चौकीको छाना उडायो



अ+ अ-

पर्सा । बुधबार बेलुका आएको हावाहुरीका कारण पर्सामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा र्साको पकाहा मैनपुर गाउँपालिका १ धोरेकी १५ बर्षकी श्रुति सहनी रहेकी छिन् ।

घर नजिकै रहेको सिमलको रुखको हाँगा भाचिएर उनी घाइते भएकी थिइन् । वीरगञ्ज हेल्थकेयरमा उपचार पछि थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा लैजाने क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले जानकारी दिए ।

हावाहुरीकै कारण लाखौंको धनमालमा क्षति पुगेको छ । जिराभवानी गाउँपालिका ४ को मोटरसाइकल ग्यारेज र खाजा घर समेत गरी ४ वटा घरको छाना उडाएको छ ।

हावाहुरीले पोखरीया बजार चौकमा ३ वटा बिजुलीको पोल ढालेका कारण त्यस क्षेत्रको विद्युत सेवा अवरुद्ध छ ।

हुरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरमा ७ वटा घरमा क्षति पुर्‍याएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरका जमदार देवान, विजय पटेल, श्रवण महतो लगायत सात जनाको घरमा हावाहुरीले क्षति पुर्‍याएको प्रहरीले बताएको छ।

हुरीले पर्साको ग्रामीण भेगमा रहेका करिब आधा दर्जन प्रहरी चौकीहरुमा पनि क्षति पुरयाएको छ। सुपौली, धोरे  र भस्वामा रहेको प्रहरी चौकी भवनका छाना हुरीले उडाएको जिल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ।
 
यस्तै अमरपट्टीमा रहेको प्रहरी चौकीको भवन र अस्वारीमा रहेको प्रहरी चौकीको मेस भवन हुरीले भत्किएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।