२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

४३ डिग्री तापक्रममा १५ घण्टाको ब्रत



अ+ अ-

काठमाडौं । ४३ डिग्रीको तापक्रम अनि शरीर नै पोल्ने गरी चलिरहेको तातो हावा (लु) मा बाँकेका मुस्लिम समुदायका महिला/पुरुष १५ घण्टाको निराहार रोजा (ब्रत) बसिरहेका छन् ।

देशकै सबैभन्दा बढी गर्मी हुने स्थानको रुपमा परिचित नेपालगञ्जका अधिकांश मुसलमानले गर्मीको परवाह नगरी बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म पानी समेत नखाई रोजा बसिरहेको धार्मिक अगुवा मौलाना अब्दुल जब्बार मन्जरीले बताए ।

‘यही त उपरवालाको परीक्षा हो, उसले हेर्न चाहन्छ प्रतिकूल मौसममा पनि कसले रोजा बसेर त्याग गर्छ र कसले आफ्नो मनोमानी गर्छ’, धर्मगुरु मन्जरीले भने ।

अत्यधिक गर्मी र तातो हावामा पनि रोजा बस्नेहरुमा धेरैजसो ती सामान्य मानिस छन् जसले विभिन्न कलकारखानामा काम गर्छन्, रिक्सा चलाउँछन् वा मजदुरी गर्छन् । गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।