२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ वर्षसम्म पत्ता लाग्न सकेन गुठीको सम्पत्ति



अ+ अ-

काठमाडौं । गुठी संस्थान स्थापनाको ३३ वर्षको अवधिमा समेत देशभर रहेका गुठीहरूको संख्या, अवस्था र गुठीका सम्पत्तिको वास्तविक जानकारी थाहा हुन सकेको छैन । गुठी संस्थान ऐन, २०२१ मा राजगुठी तथा निजी गुठीको विवरण राख्नुपर्ने व्यवस्था छ । संस्थानसँग राजगुठीको तथ्यांक रहेको भए तापनि निजी गुठीहरूको अभिलेख संकलन तथा अभिलेखीकरण हुन सकेको छैन ।
संस्थानका उपप्रशासक सरोज थपलियाका अनुसार संस्थानसँग यसबारे स्पष्ट अभिलेख छैन । ऐनको दफा २१ ले स्पष्ट रूपमा निजी गुठीहरूको अभिलेख राख्ने जिम्मेवारी संस्थानलाई दिएको छ । सरकारले ‘निजी गुठीलाई राजगुठीमा परिणत गर्नेसम्बन्धी कार्यविधि, २०७४’ कार्यान्वयनमा ल्याई निजी गुठी सञ्चालन र व्यवस्थापनको जिम्मेवारीसमेत संस्थानलाई दिएको छ ।

२०३३ सालमा स्थापना कालदेखि नै सोको जिम्मेवारी संस्थानले पाएको भए तापनि उद्देश्यअनुरूप काम गर्न नसक्दा यसबीचमा निजी गुठीहरूको अवस्थाबारे प्रश्न उठ्ने गरेको छ । निजी गुठी अतिक्रमणमा पर्ने गरेको, विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेका तथा जग्गाको दुरुपयोग बढेको गुनासो सर्वत्र आइरहेको छ ।
संस्थानले भने स्पष्ट कानुनको अभावमा सम्भव नभएको बताएको छ । निजी गुठीमा विभिन्न महन्थ, मठाधीश, पुजारी तथा स्थानीयले अतिक्रमण गरी आफूखुसी उपयोग गर्दै आएको पाइएको छ । यसमा गुठी संस्थानकै जिम्मेवार अधिकारीहरूको भूमिकामाथि समेत प्रश्न उठ्ने गरेको छ ।

देशभर रहेका गुठी संरक्षण हुन नसक्नुमा मालपोत कार्यालयहरूको शंकास्पद भूमिका देखिएको छ । राजगुठीको तथ्यांक रहेको भए तापनि निजी गुठीतर्फको तथ्यांक गुठी संस्थानसँग छैन । मालपोत कार्यालयहरूको भूमाफियासँगको नेक्ससका कारण गुठी जग्गाहरू विभिन्न व्यक्तिका नाममा गर्ने गरेको, विभिन्न स्थानका जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा जानुले समेत पुष्टि भइसकेका छन् ।

उता, संस्थानले अभिलेखनका लागि मालपोतबाट सहयोग पाउन सकेको छैन । मालपोत कर्मचारीको माफिया कनेक्सनका कारण असहयोगका गर्ने गरेको संस्थानका जिम्मेवार अधिकारीहरू बताँउछन् ।
यसरी पटकपटक विवरण माग गर्दासमेत कार्यालयहरूले नदिनुका पछाडि ती जग्गा मालपोत कार्यालयका उच्च अधिकारीदेखि प्रशासकसम्मको मिलेमतोमा हिनामिना गरी विभिन्न व्यक्तिका नाममा गराइएको उनीहरूको दाबी छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मालपोत कार्यालयको असहयोगबारे आफूलाई जानकारी नआएको बताए ।

–मालपोत कार्यालयहरूको शंकास्पद भूमिका

– संस्थानकै उच्च अधिकारीहरूको समेत दुरुपयोगमा संलग्नता

संस्थानका अनुसार निजी गुठीका गुठीयारलाई लगत बुझाउन बारम्बार सूचना प्रकाशित गर्दासमेत गुठीयारले लगत बुझाएका छैनन् । यससम्बन्धी ऐन स्पष्ट नभएकाले कारबाहीसमेत गर्न नसकिएको संस्थानको दाबी छ । संस्थानले नयाँ ऐन प्रक्रियामा रहेको र सरकारले देशभरको सार्वजनिक, सरकारी तथा गुठीका जग्गा खोजी कारबाही गर्न उच्चस्तरीय भूमि आयोग गठन भइसकेकाले यसको समाधान हुने जानकारी दिएको छ । संस्थानले देशभरका निजी गुठी जग्गाहरूको अभिलेखीकरण गर्न नसक्दा भएका जग्गाको पहिचान तथा संरक्षणमा समस्या उत्पन्न भएको छ ।

नेपाल सरकारबाट संस्थानको दायित्वमा पर्नेगरी सञ्चालन र व्यवस्थापनको जिम्मा संस्थानलाई भएको भए तापनि राजगुठीको लगतमा दर्ता नभएका व्यक्ति आफंैले स्थापना गरेका र सञ्चालन गरेका निजी गुठीको लगत मात्र संस्थानले राख्न सक्ने ऐनले व्यवस्था गरेको छ । गुठी सञ्चालनका लागि आयको स्रोत जुटाउन आयस्था आउनेगरी दाताले हक छाडी राखिदिएका जग्गा नै गुठीअन्र्तगतका जग्गा हुन् ।
सरकारका दुई निकायबीचको समन्वय अभाव तथा स्वार्थका कारणसमेत गुठीका जग्गाहरू अलपत्र पर्ने गरेका छन् ।
गुठीले उद्देश्यअनुरूपको सफलता पाउन नसकेपछि प्रधानमन्त्रीको संरक्षकत्वमा रहने गरी गुठी संस्थानलाई प्राधिकरणको अवधारणमा लैजाने प्रक्रिया सुरु भइसकेको छ । यससम्बन्धीको ‘राष्ट्रिय गुठी प्राधिकरण विधेयक’ मन्त्रालयले संसद्मा दर्ता गराइसकेको राजधानी दैनिकमा खबर प्रकाशित छ ।