
काठमाडौं । सरकारले कानुनमा तोकिएको पारिश्रमिक नदिने स्वास्थ्य संस्था तथा अस्पताललाई कारबाही गर्ने भएको छ। तोकिएको पारिश्रमिक दिए नदिएको अनुगमन गर्न डेढ वर्ष महिनाभित्र सबै अस्पतालमा श्रम अडिट समेत गरिने भएको छ।
अधिकांश निजी अस्पताल तथा स्वास्थ्य संस्थाले नर्सलगायतका अन्य कर्मचारीलाई उचित तलब नदिने र कतिपयलाई दिँदै नदिने गुनासोका आधारमा कारबाही अघि वढाउन लागिएको हो।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डेढ महिनाभित्र सबै अस्पतालमा श्रम अडिट गराउने र तोकिएको पारिश्रमिक नदिए कारबाही गरिने जनाएको छ। यो समाचार आजको कारोबार दैनिकमा छ ।












