२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी चौकी र मन्दिरका नाममा संस्कृत विश्वविद्यालयको १३ सय २६ बिघा कब्जा



अ+ अ-

काठमाडौं । संस्कृत विश्वविद्यालय सञ्चालनका लागि २०१० सालमा ५६ जनाले जग्गा दान गरे। दाताको कदर गर्दै जग्गाको विववरणसँगै संस्कृतका श्लोक लेखियो, जसको आशय छ- ‘भूमि दानभन्दा विशेष दान अरू छैन, भूमिहरण गर्नुजस्तो पाप अरू छैन।’

तर यही आशयको खिल्ली उडाउँदै दानबाट प्राप्त विश्वविद्यालयको देउखुरीस्थित १ हजार ३ सय २६ बिघा ७ धुर जमिन १८ वर्षदेखि कब्जामा छ।

शसस्त्र द्वन्द्वका बेला ०५८ सालमा तत्कालीन विद्रोही माओवादी राजपुरस्थित विश्वविद्यालयको सम्पर्क कार्यालय भत्काई विस्थापित गराएपछि गुमेको जग्गा अहिलेसम्म फिर्ता हुन सकेको छैन।

अधिकांश जग्गा किसानले कब्जा गरेका छन्। केही जग्गा प्रहरी चौकी र मन्दिरका नाममा कब्जा छ। सतबरियाको वनघुस्रीिस्थित १० बघिा जमिन मात्रै ठेक्कामा लगाइएको नेविसं देउखुरी जग्गा व्यवस्थापन समिति संयोजक माधव अधिकारीले बताए। सबै जग्गा अरूकै नियन्त्रणमा रहेको उनले बताए। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।