२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रू’



अ+ अ-

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रू’ भएको छ। रोबस्ट इजर्नी प्रालिद्वारा निर्माणाधीन ४२ मेगावाट क्षमताको आयोजनाको दुई हजार दुई सय ७० मिटर सुरुङको ‘ब्रेक थ्रू’ भएको हो। सन् २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माणको काम सुरु भएको थियो।

बाँधतर्फबाट नौ सय २६ मिटर र आउटलेटबाट एक हजार ती सय ४४ मिटर सुरुङ खनेको आयोजनाको परामर्शदाता इन्जिनियर दिवाकर खड्काले जानकारी दिए। नेपाली सेनाको निगरानीमा विस्फोटक पदार्थको प्रयोग गरेर सुरुङ निर्माण गरिएको हो।

बाँध, विद्युत्गृह बनाउने, पेनस्टक पाइप जडान गर्ने काम ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ। नारच्याङको बेसीगाउँस्थित कालीगण्डकी नदीको बाँया किनारमा विद्युत्गृह निर्माण अन्तिम चरणमा पुगेको छ। निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण भएको छ। पहाडभित्र एक सय ३५ मिटर सुरुङ खनेर खोलाको पानीलाई डाइभर्सन गराएर बाँध निर्माण गरिएको हो। मिस्त्रीखोलाको पानी थिग्र्याउने पोखरी (क्यानल) भूमिगत हो।

पहाडभित्र एक सय १५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुइटा बालुवा थिग्र्याउने भूमिगत पोखरी बनाइएको हो। आउटलेटदेखि बाँधसम्म एक हजार पाँच सय दुई मिटर गोलाइको पेनस्टक पाइप जडान कार्य ८० प्रतिशत सकिएको छ।

आयोजनाले नारच्याङ बेसीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तीनवटा बेलिब्रिज निर्माण गरेको छ। पाँच अर्ब ६४ करोड रुपैयाँको लागत अनुमान गरिएको आयोजना स्वदेशी लगानीमा निर्माण हुन लागेको हो।

प्रर्वद्धकबाहेक नेपाल इन्भेस्टमेन्ट बैंकले ७० करोड, जलविद्युत् विकास कम्पनीले एक अर्ब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन्। यसैगरी नबिल बैंकले एक अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकको ३० करोड ऋण लगानी छ।

विद्युत् विकास विभागले २०६४ मा जेनेरेसन लाइसेन्स ९निर्माण अनुमति० दिएको थियो। नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारणलाइन र दाना सबस्टेसन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि धकेलिएको हो।

सबस्टेसन र प्रसारणलाइन निर्माणमा भएको ढिलाइले आयोजना निर्माण प्रभावित भएको छ। मिस्त्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो। नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ भने ५ मेगावाटको घलेम्दीखोला निर्माणाधीन अवस्थामा छ। नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको पूर्वाधार निर्माण सुरु भएको छ। अन्नपुर्ण पोष्टवाट ।