२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षभित्र ५५६ मेगावाट बिजुली थपिँदै



अ+ अ-

काठमाडौं । जिल्लामा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाबाट एक वर्षभित्र ५ सय ५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा थप हुने भएको छ। कुनै अवरोध नआए निर्माणाधीन सबै आयोजना एक वर्षभित्र पूरा भई यो विद्युत् राष्ट्रिय प्रसारणमा थप हुने देखिएको हो। निर्माणाधीन अवस्थाका सातवटा आयोजनाको ७२ देखि ९७ प्रतिशतसम्म काम पूरा भएको सम्बद्ध पक्षले जानकारी दिएको छ।

स्वदेशी लगानीको बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासहित निजी क्षेत्रबाट बनाइँदै गरेका आयोजनाको काम तीव्र गतिमा भइरहेको छ। ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना कात्तिकभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा।गणेश न्यौपानेको भनाइ छ।

निजी क्षेत्रको लगानीमा निर्माणाधीन ६ आयोजनाको एक सय मेगावाट पनि एक वर्षभित्र राष्ट्रिय प्रसारणलाइनमा जोडिने अवस्थामा पुगेको छ। निजी क्षेत्रबाट जिल्लामा निर्माणाधीन आयोजनामध्ये सबैभन्दा बढी भौतिक प्रगति भएको आयोजनामा गौरीशंकर गाउँपालिका–७, मार्बुमा निर्माणाधीन खानीखोला–१ जलविद्युत् आयोजना हो। ग्रिनलाइन इनर्जी कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको यो आयोजनाको हालसम्म ९५ प्रतिशत भौतिक प्रगति भएको छ। सिंगटी–लामोसाँघु १३२ केभीको प्रसारणलाइन समयमा नबन्दा ३ वर्षअघि नै पूरा गर्ने लक्ष्य रहेको आयोजनामा ढिला हुन पुगेको प्रवद्र्धकको भनाइ छ।

सिंगटीखोला हाइड्रो इनर्जी कम्पनीले निर्माण गरिरहेको २५ मेगावाट क्षमताको सिंगटीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य ८२ प्रतिशत सकिएको छ। योे आयोजनाले साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजना प्रमुख मनोहरी सापकोटाले जानकारी दिए।

६ महिनामा उत्पादन लक्ष्य लिएर सोही वडामा निर्माणाधीन ५ मेगावाटको घट्टेखोला जलविद्युत् आयोजनाको प्रगति पनि ८० प्रतिशतभन्दा बढी पुगेको छ। युनिभर्सल पावर कम्पनीद्वारा गौरीशंकर गाउँपालिका ५ र ६ मा निर्माणाधीन ११ मेगावाटको तल्लो खारेखोलाको काम पनि ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। चालु आवमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको रामेछापको गोकुलगंगा गाउँपालिका–१, चुचुरे र दोलखाको जिरी नगरपालिका–१, श्यामामा निर्माणाधीन माथिल्लो खिम्तीखोला १ र २ को १९ मेगावाट क्षमताको आयोजनाको प्रगति पनि ८० प्रतिशतभन्दा बढी छ। अन्नपुर्ण पोष्टवाट