२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशैभर बढ्यो गर्मी, धनगढीको ४० डिग्री



अ+ अ-

काठमाडौं । केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । सोही कारणले विहिवार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ ।

विहीवार नेपालगञ्जको अधिकतम तापक्रम ४३ डिग्री मापन भएको छ भने धनगढी र दिपायलको अधिकतम तापक्रम ४० डिग्री भन्दा माथि छ । धनगढीको तापक्रम ४२ दशमलव ४ र दिपायलको तापक्रम ४० दशमलव ३ डिग्री मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधवार नेपालगञ्जको तापक्रम ४२ दशमलव २ डिग्री थियो भने धनगढीको ४२ दशमलव १ र दिपायलको ३९ दशमलव ४ डिग्री थियो । विरेन्द्रनगर, दाङ, भैरहवा, सिमरा सहित मध्य र पश्चिम तराईमा पनि गर्मी बढेको महाशाखाले जनाएको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।