२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व सांसद गायत्रीले मेडिसिटीमा छाडेका शिशुको भविष्य के होला ?



अ+ अ-

काठमाडौँ । शिशुलाई अस्पतालमा बेवारिसे छोडेको आरोपमा पूर्व सभासद गायत्री साह र उनका श्रीमान राजेश महतो पक्राउ परेपछि शिशु अस्पतालको संरक्षणमा राखिएको छ। जिम्मा लिने कोही नभएपछि शिशुलाई ललितपुरको मेडिसिटी अस्पतालले आफ्नै संरक्षणमा राखेको हो।

अस्पतालका महाप्रबन्धक विजय रिमालका अनुसार शिशु स्याहारका लागि चार नर्स छुट्याइएको छ। उनले भने ‘बच्चालाई दुध खुवाउने, सुताउने सबै जिम्मा उनीहरुलाई दिएका छौँ।’ शिशुको अवस्था सामान्य भएकाले घर लैजान सकिने उनले बताए।

सञ्चारमाध्यममा शिशु छोडेर भागेको समाचार आउन थालेपछि भने पूर्व सभासद साह केही दिन अस्पताल आएर हेर्न थालेकी थिइन्। रिमालले भने, ‘बच्चा डाउन सिन्ड्रोम अबस्थाको जन्मिनुमा अस्पताललाई दोषी देखाएर क्षतिपुर्तीबापत मोटो रकम मागेका थिए,’ रिमालले भने, ‘हामीले पैसा दिन नमानेपछि उनीहरु बच्चा लिन आएनन्।’

आइतबार साह दम्पतीलाई प्रहरीले पक्राउ गरी थुनामा राखेर अनुसन्धान सुरु गरेको छ। अदालतको निर्णय नआएसम्म शिशुलाई अस्पतालकै संरक्षणमा राखिने रिमालले बताए। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।