३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले पोलिटब्युरो गठन गर्ने, भागवण्डा टुङ्ग्याइसकेको दाबी



अ+ अ-

काठमाडौं । नेकपाले पोलिटब्युरो गठन गर्ने भएको छ। केन्द्रीय समितिको एकतिहाई हुने गरि १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन हुन लागेको हो।

आउँदो जेठ ३ गते तत्कालिन एमाले र माओवादी एकीकृत भएको एक बर्ष पुग्दैछ। नेकपाले एकताको एघार महिना पछि जिल्ला कमिटीको नेतृत्व टुङ्ग्याएको थियो। उसले पोलिटब्युरोको भागवण्डा टुङ्ग्याइसकेको नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बताए।

पाण्डेका अनुसार साविकको एमालेले पोलिटब्युरो चयनका लागि मापादण्ड बनाइएको छ ।

तत्कालिन एमालेमा ६५ सदस्यीय पोलिटब्युरो थियो। त्यसमा थप १६ जना पोलिटब्युरो साविक एमालेले पाउने छ। ९९ सदस्यीय सचिवालय सदस्यमध्ये ६६ जनालेमात्र नेकपामा पोलिटब्युरो हुनपाउने छन्।

पूर्वमाओवादीबाट बरिष्ठताका आधारमा पोलिटब्युरो सदस्यका चयन गरिने छ। भागवण्डा अनुसार, साविकको एमालेबाट ८१ जना र माओवादीबाट ६६ जना पोलिटब्युरोमा चयन हुनेछन्।

कोही विगतमा पटक पटक केन्द्रीय समितिमा रहेका र बीचमा नभएका रहेछन् भनेपनि उसले प्राथमिकता पाउने मापदण्ड बनेको छ, पाण्डेले भने, एक पटकको केन्द्रीय समिति कार्यकाल पूरा भएको र अहिले केन्द्रीय समितिमा रहेको व्यक्ति चयन गर्ने तयारी छ।’

अमेरिका भ्रमणमा रहेका बरिष्ठ नेता माधव नेपाल फर्किए लगत्तै पोलिटब्युरो घोषणा गर्ने तयारी नेकपाको छ।




भर्खरै