२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडमाथि बार्सिलोनाको शानदार जित, चम्किए मेस्सी



अ+ अ-

काठमाडौं । बार्सिलोना युरोपियन च्याम्पियन लिगको सेमिफाइनलमा प्रबेश गरेको छ । गएराति घरेलुु मैदान क्याम्प नाउमा भएको खेलमा ईग्लिस कल्ब म्यान्चेस्टर युनाईटेडलाई ३-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना सेमिफाइनलमा पुगेको हो।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई तथा फिलिपे कोउटिन्होले एक गोल गरे ।

खेल शुरु भएको १६ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएको थियो । त्यसको ४ मिनेटपछि नै मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता देब्बर बनाए ।

पहिलो हाफमा २ गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा एक गोल थपे । खेलको ६१औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गर्दै ३–० गोल अग्रता बनायो । जोर्डी अल्वाको पासमा गोल कोउटिन्हो गोल गरे । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल हुन सकेन ।

यो जितसँगै बार्सिलोना समग्रमा ४–० को जितले सेमिफाइनल पुगेको छ । यसअघि युनाइटेडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ०–१ ले विजयी भएको थियो ।

अब सेमिफाइनलमा बार्सिलोनाको भेट लिभरपुल र पोर्टोमध्ये एकसँग भेट हुने छ । आज राति लिभरपुल र पोर्टोबीच खेल हुँदैछ । सो खेलाबाट विजयी भएको टोलीसँग सेमिफाइनलमा बार्सिलोनाको भेट हुने छ ।