३० जेष्ठ २०८३, शनिबार
,
Latest
कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत भ्रमणमा रहेको नेपाली यू–१९ टिमको झिनो अन्तरको जित



अ+ अ-

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टिमले जित हात पारेको छ । विश्वकप छनोटलाई मुख्य नजर गर्दै भारतको आन्ध्रा यू–१९ टिमविरुद्ध खेलिएको खेलमा नेपाल १ विकेटले विजयी भएको हो ।

आन्ध्राले दिएको २२८ रनको लक्ष्य नेपाली टिमले ४७.३ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६५ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ७१ रन बनाए ।

त्यस्तै, भीम सार्की ४९ रन बनाएर आउट भए ।उनि अर्ध सतकबाट एक रनले चुके । पवन सर्राफले ३०, सन्दीप जोराले १९ र कुशल मल्लले १३ रन बनाउँदा आसिफ शेख भने १२ रनमा आउट भए ।

यसअघि आन्ध्राले टस जितेर निर्धारित ५० ओभर सकिन ५ बल बाँकी छदा सबै विकेटको क्षतिमा २२७ रन बनाएको थियो ।

आन्ध्राको लागि योगेनान्दले ५९ र नितेस कुमारले ५१ रन बनाएका थिए । बलिङतर्फ नेपालका कमलसिंह ऐरीले चार र पवन सर्राफले तीन विकेट लिए ।