३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् विस्तार परियोजनामा अनियमितता, वडाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर



अ+ अ-

भोजपुर । विद्युत् विस्तार परियोजनामा अनियमितताको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्षसहित १० विरुद्ध मुद्दा दायर गरेको छ । जिल्लाको उत्तरी दिङ्लाको विद्युत् विस्तार परियोजनामा आयोजना सम्पन्न नै नगरी सम्पूर्ण रकम मिलेमतोमा निकालेको भन्दै मुद्दा दायर गरिएको हो ।

आयोजनामा संलग्न षडानन्द नगरपालिका–८ का वडाध्यक्ष तथा अनुगमन समितिका सदस्य किशोर किरात, षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय प्रमुख जयनारायण खनाल, तत्कालीन लेखा अधिकृत सन्तोष श्रेष्ठ, इञ्जिनियर विमलमान राई, असिष्टेण्ट सब इञ्जिनियर महेश कार्की र शिक्षा अधिकृत विद्यालय निरीक्षक मणिराम तामाङविरुद्ध मुद्दा दायर गरिएको छ ।

त्यस्तै विद्युत् विस्तार योजना उपभोक्ता समितिका अध्यक्ष फुर्वा तामाङ्ग, सचिव राजेन्द्र राई, कोषाध्याक्ष ज्ञानुमाया तामाङ र संयोजक हेमकुमार श्रेष्ठविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष ०७३–७४ मा जिल्लाको षडानन्द नगरपालिकाको साविक वडा नं. ५ र ६ मा ५८ लाख ७० हजार लागतको विद्युत् विस्तार आयोजना सञ्चालन भएको थियो । तर, आयोजनाको काम नसकी झूठा कागजात पेश गरेर रकम निकासा गरेको भन्दै सरोकारवालाहरुले अख्तियारमा उजुरी गरेको थियो ।

अख्तियारले उक्त उजुरीको आधारमा छनविन गर्दा आयोजनाको १७ प्रतिशत मात्रै काम भएको खुलेको थियो । प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपीहरुले आयोजना सम्पन्न भएको भन्दै झूठा कागजात पेश गररे २९ लाख ७४ हजार ४ सय ९१ रुपैयाँ १४ पैसाको मात्रै काम भए पनि नक्कली बिल बनाएर २८ लाख ९५ हजार ५ सय ८ रुपैयाँ ८६ पैसा बढी रकम निकासा गरिएको छ ।

उनीहरुमध्ये शिक्षा अधिकृत तामाङ्गलाई १८ लाख ६८ हजार रुपैयाँ र अन्यलाई जनही २८ लाख ९५ हजार ५ सय ८ रुपैयाँ ८६ पैसा बिगो तोकिएको छ ।