२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने विश्व फुटबलको महाकुम्भ आजबाट यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारका पूर्वआयुक्त पाठकसँग अधिकृतको ६ घण्टे बयान



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग आयोगका पूर्वआयुक्त राजनारायण पाठकसँग अनुसन्धान अधिकृतले झन्डै ६ घण्टा बयान लिएका छन्। मंगलबार ७८ लाख घुस प्रकरणका तानिएका उनीसँग रकम लेनदेन र भिडियोका विषयमा बयान केन्द्रित गरिएको अख्तियार स्रोतले बतायो।

घुस प्रकरणका एक आरोपी नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण, भक्तपुरका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने फरार भएपछि मुख्य आरोपी रहेका पाठकसँग बयान थालिएको हो। बयानमा उनले आफ्नो बचाउ गरेका छन्। पाठकलाई अख्तियारले अघोषित रूपमा ‘स्थानहद’ लगाएको छ।

उनलाई शान्तिनगरस्थित घरमै सादा पोसाकका प्रहरी खटाएर स्थानहद तोकिएको हो। ‘उहाँलाई आयोगमा बोलाएर बयान सुरु भएको छ। बयानमा करिब ६–७ घण्टा सवालजवाफ भएको थियो’, अख्तियार स्रोतले , ‘उहाँसँग लिखित रूपमा बन्द सवाल पनि गर्छौं।’

पाठकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि कडा निगरानी गरिएको छ। अघोषित स्थानहद लगाइए पनि उनले अख्तियार निगरानीमा काठमाडौंमा भने हिँडडुल गर्न पाउनेछन्। लम्बोदरको फरारका सम्बन्धमा आयोगले अहिलेसम्म प्रतिक्रिया दिएको छैन। उनी फरार भएपछि प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अनुसन्धान टोली बोलाएर कडा निर्देशन दिएको अख्तियार स्रोतले बतायो।

पाठकलाई अकुत सम्पत्तिमा पनि मुद्दा चलाइने तयारी भइरहेकाले उनी तथा परिवारको सम्पत्ति विवरण खोज्ने काम पनि भइरहेको छ। अख्तियारका सहसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली पाठकको हरेक क्रियाकलापको निगरानी गर्दै अनुसन्धानमा तल्लीन छ। अख्तियार जतिसक्दो छिटो पाठकको मुद्दा सम्बन्धमा सार्वजनिक गर्ने तयारीमा छ।