काठमाडौं। सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका अधिवक्ता सुधिज्ञ पन्तलाई एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले सम्मान गरेको छ ।
पन्तलाई ऐतिहासिक साहसिक कदम र व्यावसायिक दक्षताको उच्च कदर गर्दै एएनओले सम्मान गरेको हो ।
बुधबार साँझ आयोजित एक कार्यक्रममा अधिवक्ता पन्तलाई एएनओका अध्यक्ष डिल्ली अधिकारीले सम्मान गर्नुभयो । कार्यक्रममा आराही पन्तले आरोहणका अनुभबहरु सुनाउनु भएको थियो ।












