२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो रोजाईको स्थान र समयमा भारतमाथि हमला गर्ने पाकिस्तानको धम्कि



अ+ अ-

काठमाडौँ । मंगलबार विहान भएको आक्रमणमा ठूलो संख्यामा चरमपन्थी मारिएको भारतीय दाबीलाई पाकिस्तानले अस्वीकार गरेको छ ।

भारतीय मिडियाहरुले भने वायुसेना सूत्रको हवाला दिँदै भारतका लडाकु विमानले बिहान ३ः३० बजे बालाकोट नजिक रहेको जैस ए मोहम्मदको एक शिविरमा हमला गरेर ध्वस्त पारेको दाबी गरेका छन् । तर उक्त दाबी सहि नभएको पाकिस्तानले बताएको छ ।

पाकिस्तानले भारतीय वायुसेनाले भारत–पाकिस्तान नियन्त्रण रेखा (एलओसी) पार गर्दै गरेको बम हमलाले आफ्नो देशको सम्प्रभुता उल्लंघन गरेको भन्दै आफ्नो रोजाईको स्थान र समयमा जवाफ दिइने समेत बताएको छ ।

भारत सरकारले पाकिस्तानी भूमिमा रहेको आतंकवादी संगठन जैश ए मोहम्मदको अखडामा आक्रमण गरेको र थुप्रै चरमपन्थी मारिएको दाबी गरेको छ ।

घटनालाई लिएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको छ । बैठकपछि जारी बयानमा भारतको दाबी खारेज गर्दै भनिएको छ, ‘हामी भारतको बालाकोट नजिकै कथित आतंकी शिविर नष्ट गरेको र ठूलो मानवीय क्षति भएको दाबी खारेज गर्छौं ।’

यसको पुष्टि गराउन पाकिस्तान सरकारले स्थानीय र अन्तराष्ट्रिय सञ्चार माध्यमलाई घटनास्थलमा लैजाँदैछ ।




भर्खरै