२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार सात अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव १७ बिन्दुले घटेर एक हजार १०२ दशमलव ५६ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५६ विन्दुले घटेर २३४ दशमलव २२ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६५ कम्पनीको छ लाख ५३ लाख २८ कित्ता शेयर कारोवार भए । तर कारोवार रकम भने सोमबारको तुलनामा कम भएको छ । स्टकका अनुसार आज रु १६ करोड ५६ लाख ७२ हजार २५८ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका दश उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । बैंकिङ चार दशमलव छ, होटल २६ दशमलव ९४, विकास बैंक चार दशमलव ७२, जलविद्युत् छ दशमलव ४७, वित्त दुई दशमलव ६५, निर्जीवन बीमा ४५ दशमलव ०२, उत्पादन २१ दशमलव पाँच, अन्य सात दशमलव ७६, लघुवित्त १४ दशमलव ३३ र जीवन बीमा ३१ दशमलव २४ विन्दुले घटेको छ ।

घटेको बजारमा नेशनल हाइड्रोपावरका शेयरधनीले तीन दशमलव ३३, पूर्णिमा विकास बैंक दुई दशमलव ६७, गुर्खाज फाइनान्स लिमिटेड एक दशमलव ९८, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले एक दशमलव ९० प्रतिशतले कमाएका छन् ।

यस्तै जोशी हाइड्रोपावरका शेयरधनीले सात दशमलव ८५, नाडेप लघुवित्त वित्तीय संस्था तीन दशमलव ९६, हिमालयन डिस्ट्रिलरीका शेयरधनीले तीन दशमलव ९२ र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले तीन दशमलव ७७ प्रतिशतले कमाएका छन् ।




भर्खरै