२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजुरबुबाले जस्तै रेल चढेर भियतनाम पुगे किम जोङ उन



अ+ अ-

काठमाडैँ । उत्तर कोरियाका नेता किम जोङ उन आफ्नो हजुरबुबाले जस्तै रेल चढेर भियतनाम पुगेका छन् ।

उन चार हजार दुरी पार गर्द आफ्नो हजुरबुबा उत्तर कोरियाली पहिलो नेता किम इल सुन जस्तै गरि रेलमा भियतनाम पुगेका हुन् । किमसँगै उनकी बहिनी किम यो जोङ र प्रमुख मध्यस्थकर्ता पूर्वसैनिक किम योङ चोल पनि भियतनाम आएको अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताका लागि उनी भियतनाम आएका हुन् । गत वर्ष सिंगापुरमा भएको वार्ताको निरन्तरतामा अर्को वार्ता भियतनाममा हुन लागेको हो । उनको स्वागतमा डोङ डाङ सीमासम्म रातो कार्पेट विछ्याइएको थियो ।

किम आउनुअघि डोङ डाङ स्टेशन सर्वसाधारणका लागि बन्द गरिएको थियो । त्यहाँबाट उनलाई स्कर्टिङसहित राजधानी हानोइ लगिएको छ । अब उनले कारमा १७० किलोमिटर यात्रागर्नेछन् ।

वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प मंगलबार अबेर भियतनाम आउने कार्यक्रम छ । ट्रम्प र किमबीच बुधबार बेलुका एक्लाएक्लै कुराकानी गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनीहरुले आफ्ना सहयोगीलाई पनि साथमा राखेर सँगै डिनर गर्ने ह्वाइटहाउसका प्रवक्ता सराह स्यान्डर्सले उल्लेख गरेका छन् । ट्रम्प र किमले बुधबार पनि अर्को चरणको वार्ता गर्नेछन् ।

सिंगापुर वार्ताका क्रममा उत्तर कोरियालाई निशस्त्रीकरणको बाटोमा लैजान दुबै पक्ष सहमत भएका थिए । तर यो विषय अमुर्त भएकाले कार्यान्वयन हुन सकेको थिएन । भियतनाममा हुने वार्ताले दुबै देश मिलेर निशस्त्रीकरणको बाटोमा लैजान सहमत हुने विस्वास गरिएको छ ।




भर्खरै