२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत



अ+ अ-

काठमाडैँ । प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । सो प्रस्तावको प्रस्तावकमा खगराज अधिकारी र समर्थकमा अञ्जना विसंखे र मनकुमारी जिसी हुनुहुन्छ ।

प्रस्तावमा “स्वास्थ्य बीमा ऐनअन्तर्गतका कार्यक्रमलाई देशव्यापीरूपमा लागू गर्दै गुणस्तरीय औषधि, उपकरण र जनशक्तिको प्रबन्ध गरी सातवटै प्रदेशमा पूर्ण क्षमताका अस्पतालको आकस्मिक, सघन उपचार कक्षलगायतको प्रबन्ध गरी सम्पूर्ण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि कानून, नियम र निर्देशिका बनाई लागू गर्न आवश्यक भएको ।” भनिएको छ ।

प्रस्ताव पेश गर्दै प्रस्तावक अधिकारीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न र संविधानप्रदत्त अधिकारलाई कार्यान्वयन गर्न बीमा कार्यक्रम सातवटै प्रदेशमा लागू गर्न माग गर्नुभयो । उहाँले आफू स्वास्थ्यमन्त्री रहँदा बीमा कार्यक्रम कार्यान्वयनमा आएको जानकारी दिनुभयो । समर्थकद्वय विसंखे र जिसीले सङ्घीय व्यवस्थालाई कार्यान्वयन गर्न बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न माग गर्नुभयो ।

यसैगरी बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट सन्देशसहितको विधेयक टेबुल गर्नुभयो ।




भर्खरै