२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ? एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध कायमै श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुष्ठरोग निवारण भइसकेको प्रदेशमा सयौ नयाँ कुष्ठरोगी



अ+ अ-

धनगढी । कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ ।

रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसारप्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम कुष्ठरोगी फेला परेको अवस्थामा यो रोग निवारण भएको मानिन्छ । तर सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र अछाम जिल्लामा यो मापदण्डभन्दा बढी सङ्ख्याका बिरामी फेला परेका छन् । यी तीन जिल्लामा गएको वर्ष गरिएको खोजपड्तालका क्रममा लुकेर रहेका कुष्ठरोगी फेला परेका हुन् ।

नौ लाख एक हजार १७७ जनसङ्ख्या रहेको कैलालीमा १७४ जना, पाँच लाख आठ हजार १५० जनसङ्ख्या रहेको कञ्चनपुरमा ७४ जना र दुई लाख ७९ हजार ७५२ जनसङ्ख्या रहेको अछाममा २८ जना नयाँ रोगी खोजपड्तालका क्रममा फेला परेको स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेशका सबै नौ जिल्लामा भने गएको वर्ष जम्मा २९८ जना नयाँ कुष्ठरोगी फेला परेकामा यीमध्ये कम सर्नेभन्दा बढी सर्ने कुष्ठरोगी १०३ जना रहेको जनाइएको छ ।

आव ०७२÷७३ मा कैलालीमा, आव ०७३÷७४ मा कञ्चनपुर र अछाम जिल्लामा प्रतिदश हजारमा एकभन्दा कम कुष्ठरोगी फेला परेपछि यी जिल्लामा रोग निवारण भएको मानिएको थियो । तर आव २०७४÷७५ मा भने प्रति १० हजार जनसङ्ख्यामा कैलालीमा एक दशमलब ७८, कञ्चनपुरमा एक दशमलब ४४ र अछाममा एक दशमलब १८, रोगी फेला पर्दा समग्र सुदूरपश्चिम प्रदेशको कूल जनसङ्ख्या २८ लाख २५ हजार ६७६ को एक दशमलब शून्य पाँच प्रतिशत कुष्ठरोगी भेटिएको तथ्याङ्कमा उल्लेख छ ।

“खोजपड्ताल गरेपछि मात्र रोगी फेला पर्न थालेका छन्”, स्वास्थ्य सेवा निर्देशनालयका क्षय कुष्ठ सहायक मनोज ओझाले भन्नुभयो, “रोगको लक्षण देखापरेपछि आफैँ उपचारका लागि आउनुपर्नेमा नआउने वा आए पनि निकै ढिलो गरी आउने समस्याले रोग निवारणमा चुनौती बढेको छ ।”
विसं २०६६ मा नेपाललाई कुष्ठरोग निवारण भएको देश घोषणा गरिएको थियो । निवारणको घोषणापछि हालसम्म पनि राष्ट्रियस्तरमा निवारणको अवस्था कायम रहेको छ । यद्यपि नेपाल कुष्ठरोग निवारण देश घोषणा हुँदै गर्दाको समयमा देशका १२ जिल्लामा यो रोग निवारण भएको अवस्था भने थिएन ।
चालू वर्षमा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका सबै १३ स्थानीय तह र कञ्चनपुर चार तथा अछामका चार स्थानीय तहमा रोगको खोजपड्ताल अभियान सञ्चालन गर्न लागिएको छ ।
यसबाहेक विभिन्न ठाउँमा स्वास्थ्य शिविर गर्ने योजना पनि रहेको क्षय कुष्ठ सहायक ओझाले बताउनुभयो । यो रोगको नियमितरुपमा उपचार गराएमा निको हुन्छ । तर उपचार नगरी लुकाएमा मानिस अपाङ्गता हुने गर्दछ ।




भर्खरै