२७ जेष्ठ २०८३, बुधबार
,
Latest
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम ऐनमा समय सापेक्ष सुधार पनि गर्नुपर्ने हुन्छ – उपाध्यक्ष ढकाल



अ+ अ-


काठमाडौँ । नेपालमा हालै जारी भएका श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको बारेमा जानकारी दिने र ती ऐनको कार्यान्वयनका बारेमा आवश्यक छलफल गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज यहाँ एक कार्यशालाको आयोजना गरिएको छ । नेपालमा यी दुई श्रम ऐन र सामाजिक सुरक्षा ऐनको निर्माणका लागि नेपाल उद्योग वाणिज्य महासंघले पनि लामो समयदेखि पहल गरेकोले तिनको कार्यान्वयनका सरोकारवाला एवम् नेपालका उद्योगी व्यवसायीहरुलाई जानकारी दिन सो कार्यशालाको आयोजना गरिएको हो ।


उक्त कार्यशालाको उद्घाटन गर्दै महासंघका अध्यक्ष भवानी राणाले ती कानूनहरुको कार्यान्वयनमा जोड दिनुभयो । उहाँले ती कानूनको महत्व र आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषदका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा श्रम ऐन निर्माण गर्ने क्रममा महासंघ तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले गरेको पहलको स्मरण गर्नुभयो ।


उपाध्यक्ष ढकालले ती कानूनमा समय सापेक्ष सुधार गर्नुपर्ने आवश्यकता पनि महसुश भइसकेको कुरा सो अवसरमा जानकारी गराउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका पछिल्ला परिवर्तनहरुले पनि श्रम ऐन लागू हुने दायरा बढ्न गएको भन्दै उहाँले कुनै पनि कानूनहरु आफैमा पूर्ण नहुने भएकोले यी कानूनहरुमा पनि केही कमी कमजोरी भएमा सुधार गनुपर्ने धारणा राख्नुभयो ।


नेपालको श्रम क्षेत्रका लागि महत्वपूर्ण मानिएका यी कानूनहरु लागू भइसकेका र तिनको कार्यान्वयनका क्रममा देखिने समस्याहरुका बारेमा पनि पनि अध्ययन गरिरहेको र त्यस सम्बन्धमा महासंघलाई उद्योग प्रतिष्ठानहरुबाट पनि सुझावहरु प्राप्त भइरहेको उपाध्यक्ष ढकालले जानकारी दिनुभयो । त्यस कार्यशालामा श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ एवम् नियमावली तथा कार्यविधि पनि विमोचन गरिएको थियो ।
सो कार्यक्रममा आइएलओका नेपाल प्रतिनिधि रिचार्ड हाउवार्ड पनि सहभागी हुनुहुन्थ्यो ।