२७ जेष्ठ २०८३, बुधबार
,
Latest
वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार : झिनो अङ्कले वृद्धि



अ+ अ-

काठमाडौँ । बुधबार दोहोरो अङ्कले घटेको शेयर बजार आज भने झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ८४ बिन्दुले बढेर एक हजार ११३ दशमलव ०७ बिन्दुमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २७ बिन्दुले बढेर २३६ दशमलव ६० बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५५ कम्पनीको चार लाख ७५ हजार ७६६ कित्ता शेयर रु १६ करोड ४४ लाख ७८ हजार ६८८ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका १० उपसमूहमध्ये आज तीन उपसमूहको शेयर घटेका छन् भने सात उपसमूहको शेयर वृद्धि भएको छ । जलविद्युत् १ दशमलव०७, उत्पादन १२.८ र लघुवित्त २।५८ बिन्दुले घटेका छन् । यस्तै बैंकिङ १ दशमलव ३२, व्यापार २ दशमलव ७, विकास बैंक शून्य दशमलव ०२, वित्त शून्य दशमलव ७८, निर्जीवन बीमा १० दशमलव ०४, अन्य १ दशमलव ३१ र जीवन बीमा १ दशमलव ७८ बिन्दुले बढेको छ ।

झिनो अङ्कले बढेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज पनि ९ दशमलव ८७ प्रतिशतले कमाएका छन् । यस्तै गुराँस लाइफ इन्स्योरेन्स २ दशमलव ८५, बोमी माइक्रोफाइनान्सका शेयरधनीले २ दशमलव ८४ प्रतिशतले कमाएका छन् ।

यस्तै आज हिमालयन डिस्ट्रिलरीका शेयरधनीले ३ दशमलव ९०, एक्सेल डेभलपमेन्ट बैंक ३ दशमलव ४९, सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २ दशमलव ५२ प्रतिशतले गुमाएका छन् ।

कारोवार रकमका आधारमा चौतारी लघुवित्त वित्तीय संस्थाको मात्रै रु दुई करोड ५० लाख ६८ हजार १९१, नबिल बैंकको रु एक करोड ३९ लाख ४३ हजार, नेपाल इन्भेष्टमेन्ट बैंकको रु ८६ लाख ९८ हजार ६२० बराबरको कारोवार भएको स्टकले जनाएको छ ।




भर्खरै