२७ जेष्ठ २०८३, बुधबार
,
Latest
वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापतिद्धारा ‘सुखी नेपाली, समृद्ध नेपाल’को अवधारणालाई मूर्तरूप दिन सेनालाई आदेश



अ+ अ-

दिक्तेल । प्रधानसेनापति पूर्णचन्द्र थापाले सुरक्षा र विकास एकअर्काका पूरक भएकाले सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को अवधारणालाई मूर्तरूप दिन सेनालाई आदेश दिएका छन् । उनले राष्ट्र, जनता र सेनाको हितका खातिर गौरव गर्ने ढङ्गबाट जिम्मेवारी सम्हाल्न सम्हाल्नुपर्ने पर्ने भन्दै देशप्रति बफादार रहेर कार्य गर्न निर्देशन दिएका हुन् ।

बिहिवार दिक्तेल स्थित बहादुर श्रीशेरगणमा निरीक्षणका क्रममा उनले नेपाली सेनालाई सक्षम र प्रभावकारी सङ्गठन बनाउने तिर लाग्न आदेश दिएका हुन् । प्रधानसेनापति थापाको कमाण्ड मार्गनिर्देशनमा हतियार र उपकरण खरीद, शान्ति सेना भर्ना छनोट, बढुवालगायतका विषयलाई पारदर्शीको खाचो रहेको बताएका हुन् ।

उनले सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिएका छन् ।




भर्खरै