२७ जेष्ठ २०८३, बुधबार
,
Latest
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान बिहीबार नेपाल आउने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन बिहीबार नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गत माघ ३ गते राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि कालिन राष्ट्रिय टोली सम्हाल्न नेपाल आउन लागेका हुन् ।

एन्फाका अनुसार योहान बिहीबार दिउँसो नेपाल आइपुग्नेछन् । उनलाई दुई वर्षका लागि एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अघिल्लो महीना दिएको थियो । सम्झौताअनुसार उनले २०१९ मार्च १ बाट २०२१ फेब्रुअरी २८ सम्म नेपाली टोलीको नेतृत्व गर्नेछन् ।

यस अघिका जापानी प्रशिक्षक ग्यातुको कोजी प्रवेशाज्ञाका कारण नेपाल आउन नपाउने भएपछि एन्फाले नयाँ प्रशिक्षक नियुक्तीको प्रक्रिया अघि बढाएको थियो । पर्यटकीय भिसामा नेपालमा काम गरेका कोजीको श्रम स्वीकृति प्रक्रिया एन्फाले अघि नबढाउँदा उनले पर्यटकीय प्रवेशाज्ञामा नेपालमा काम गर्दै आएका थिए । गत भदौदेखि उनी नेपाल आउन पाएका थिएनन् । उनको सम्झौता भने गएको डिसेम्बरसम्मका लागि थियो ।

योहानले २०७० सालमा ‘ए’ डिभिजन क्लब मछिन्द्रको मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए । योहानको नेतृत्वमा मछिन्द्रले उक्त वर्षको ‘ए’ डिभिजन लिग दोस्रो स्थानमा रहेर समाप्त गरेको थियो । योहानले स्विडेनको तेस्रो डिभिजन क्लबबाट व्यावसायिक प्रशिक्षण शुरु गरेका थिए ।