२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप सम्पत्ति छानबिन आयोगद्वारा विवरण बुझाउने म्याद असार मसान्तसम्म थप पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकार मिडियामैत्री छ : मन्त्री केसी



अ+ अ-

बुटवल । प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकार मिडियामैत्री रहेको दाबि गरेका छन् ।

५८ औं वाषिर्कोत्सवको अवसरमा राष्ट्रिय समाचार समिति प्रदेश ५ ले बुटवलमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै मन्त्री केसीले मिडियालाइ गौरबमय बनाउनुपर्ने भन्दै बजारमा मिडियाकै समाचारका भरमा धेरै धारणा बनाउने हुँदा थप बिश्वसनीय बनाउन जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा बुटवल उपमहानगरका मेयर शिबराज सुबेदी, राससका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं, पूर्वसांसद बिनोद पहाडी, राससका प्रदेश ५ का प्रमुख भरत केसी, निरु गौतम, युवराज पाण्डेलगायतले बोलेका थिए ।

साथै उत्कृष्ट काम गरेको भन्दै चारजना राससकर्मीलाई सम्मान गरिएको थियो ।