२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच महिनामा विप्रेषण ३२ प्रतिशतले बढ्याे



अ+ अ-

काठमाडाैंः चालु आर्थिक बर्षको पहिलो ५ महिनामा रेमिटेन्स आप्रवाह ३१ दशमलव ९ प्रतिशतले बढेको छ । ५ महिनामा रेमिटेन्स बढेर ३ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो बर्षको सोही अवधीमा रेमिटेन्स आप्रवाह शुन्य दशमलव ८ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक बर्षको ५ महिनाको समिक्षाप्रतिवेदन सार्वजनिक गर्दै अन्तिम श्रम स्वीकृतिका आधारमा  गरी बैदेशिक रोजगारीमा जानेको संख्या भने ४० दशमलव २ प्रतिशतले घटेको जनाएको छ ।

विशेषगरी मलेसिया जाने कामदारको संख्या उल्लेख्य घटेको समिक्षा प्रतिवेदनमा उल्लेख छ । मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति ३ दशमलव ७ प्रतिशतमा सिमित रहेको बैंकले जनाएको छ । गत बर्षको सोही अवधीमा मुद्रास्फीति ४ दशमलव २ प्रतिशत थियो ।

शोधानान्तर घाटा ८५ अर्ब ३२ करोड पुगेको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ ।

व्यापार घाटा ३६ दशमलव १ प्रतिशतले बढेर ५ अर्ब ६९ अर्ब ४९ करोड पुगेको छ । यो अवधीमा  आयात ३४ दशमलव २ प्रतिशतले बढेर ६ खर्ब ७ अर्ब पुग्यो भने निर्यात ११ दशमलव २ प्रतिशतले बढेर ३७ अर्ब ५० करोड पुगेको बैंकले जनाएको छ ।

समिक्षा प्रतिवेदनअनुसार ५ महिनामा बिस्तृत मुद्राप्रदाय १९ दशमलव ४ प्रतिशतले बढेको छ ।