२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हस्तकला महासङ्घको अध्यक्षमा शाक्य



अ+ अ-

काठमाडौँ : नेपाल हस्तकला महासङ्घको अध्यक्षमा सुरेन्द्रभाइ शाक्य निर्वाचित हुनुभएको छ ।

महासङ्घको आज सम्पन्न ३८औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट शाक्यको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा प्रचण्ड शाक्य, उपाध्यक्ष (वस्तुगत) दीपेन्द्र शाक्य, उपाध्यक्ष (उद्योग) सनम शाक्य, उपाध्यक्ष (वाणिज्य) रवीन्द्र शाक्य, उपाध्यक्ष (व्यक्तिगत) राजमान बज्राचार्य तथा उपाध्यक्ष (एशोसिएट)मा सुनिल शाक्य निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यमा हिरा भट्टराई, चूँडादेवसिंह लामा, मोहनकृष्ण मानन्धर, सुनिता श्रेष्ठ, सविता महर्जन, विक्रमसिंह महर्जन, राजेन्द्र शाक्य, प्रताप शाक्य, मनमोहनसिंह मल्ल, जीवनरत्न शाक्य, उपेन्द्र बाराही, सुविन शाक्य, प्रदीप शाक्य, सुदन शाक्य र किरणबहादुर खड्गी निर्वाचित हुनुभएको छ ।

महासङ्घको विधान २०६३ अनुसार सम्पन्न निर्वाचनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिएको हो । कूल २५ सदस्यीय कार्यसमिति रहने महासङ्घमा बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।