२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय खोज्ने निर्मला पन्तको आमामाथि नै अन्याय, एक्कासी आएर कुटपिट



अ+ अ-

काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेविलाई उनका बुवा यज्ञराजले कुटपिट गरेका छन् । सरकारले घोषणा गरेको राहात रकम लिन तयार र डिएनए परिक्षणका लागि रगतको नमुना दिएको भन्दै यज्ञराजले बिहिवार कुटपिट गरेको दुर्गादेविले बताएकी छन् ।

भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमा बिहीबार बिहान खाना बनाइरहेको बेलामा एक्कासी आएर यज्ञराजले कुटपिट गरेको दुर्गादेविले बताईन । उनले भनिन, ‘दुवै छोरी स्कुल गएका थिए, म भान्साका भात पकाईरहेकी थिएँ, यज्ञराजले मेरो घाँटी च्यापेर मलाई नसोधेरै रगत दिने अनि राहत बुझ्ने भन्दै कुटपिट गर्यो ।’

कुटपिट गर्न थालेपछि आफु बाहिर आएको उनले बताईन् । उनका अनुसार अरुको इसारामा चल्ने भन्दै दुर्गाका कपाल तानतुन गरेर गाली गर्दै कुटपिट गरेका थिए । निर्मलाका बाबु यज्ञराज र कान्छी आमा लक्ष्मीले घरपरिवारसंग सल्लाह नै नगरि अरुले उस्काएको भरमा रगत दिएको र राहत बुझ्न राजी भएको आरोप लगाएका छन् । तर, निर्मलाकी आमा दुर्गाले न्यायको लागि पर्खिदा पर्खिदा दुई छोरीमाथी पनि अन्याय हुने भएकाले राहत बुझेर छोरीको भविष्य बनाउने भन्दै राहत बुझ्न तयार भएको बताएकी छन् ।

राहत बुझेपछि न्याय प्रभावित हुने बुवा यज्ञराज र कान्छी आमा लक्ष्मीको तर्क छ । उता, निर्मलाकी आमाले भने राहत बुझेर छोरीको भविष्य बनाउनुपर्ने तर्क गर्दै आएका छिन् ।

बावुु यज्ञराजले आफुले श्रीमतीलाई कुटपिट नगरेको दाबी गरेका छन् । किन सल्लाह नगररिकनै रगत दिएको र राहत बुझ्न तयार भएको भनि सोधेको उनले बताए । उनले भने, ‘मैले शुरुदेखि छोरी निर्मलाले न्याय पाएपछि मात्रै राहत बुझ्ने घोषणा गरेको थिए, अहिले किन यसो गरेको भनेको मैलेँ सोधेको मात्र हो ।’

आफु पुसको महिनामा धर्नामा बसेर चिसो खाईरहेको भन्दै रगत नदेउ भन्दा भन्दै दिएको र सरकारले घोषणा गरेको रकम कहि नजाने भन्दै आफ्नो सहमति बिनै बुझ्छु भनेपछि आपत्ति जनाएको बताए ।

दुर्गादेविले बुधवार निर्मलाको ‘भजाइनल स्वाब’ को वैधानिकता जाँच्न आफ्नो रगतको नमुना दिएकी थिइन । रगतको नमुना दिदै उनले तीनै तहका सरकारले घोषणा गरेको राहत रकम बुझ्ने बताएकी थिइन । निर्मलाको परिवारलाई तीनै तहको सरकारले १८ लाख दिने घोषणा गरेको छ । समाचार नेपाल समाचारपत्रमा छ ।