२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला प्रकरणमा प्रहरीले शुरुमै गल्ती गर्याे : प्रधानममन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा प्रहरीले शुरुमा गल्ती गरको देखिएको बताएका छन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले भने, यो आश्चर्यजनक भएको छ, र मलाई लाग्छ प्रहरीले शुरुमा केही गल्ती गरेको नै देखिन्छ । उनले बलात्कारपछिका हत्याका अरु धेरै घटनाको अनुसन्धान पछि तथ्य पत्ता लागेको तर यसमा भने आश्चर्य भएको बताए ।

‘प्रहरीले सुरुमा केही गल्तीहरु गरेको देखिन्छ, तर प्रहरीले त्यो गल्ती किन गर्‍यो भनेर प्रहरीकै एक पछि अर्को टिम पठाएर अनुसन्धान भने भएकै छ । पछिल्लो समयमा एआईजीको तहबाट अनुसन्धान शुरु भएको पनि उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘तर अहिलेसम्म केही आश्चर्यजनक कुराहरु भएको छ । केही मानिसहरु अपराध आफूले यसरी गरेको हो भनेर बयान दिन्छन्, तर डीएनए मिल्दैन, अपराधीले स्वीकार्छ, कवुल गर्छ, डीएनए मिल्दैन ।’

तर यसअघि अपराध स्वीकार गरेको भनिएका व्यक्तिले पनि आफूहलाई प्रहरीले मार्ने सम्मको धम्की दिएकोले हो भन्न बाध्य भएको बताएका थिए । तर त्यस विषयमा भने प्रधानमब्त्रीले केही उल्लेख गरेनन् । यसैबीच हिजोमात्र  प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले नसके अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुको सहयोग लिएर भएपनि हत्यारा पत्ता लगाई छोड्ने बताएका थिए ।