२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः पारित भयो समायोजन विधेयक, चर्किएला त कर्मचारी आन्दोलन ?



अ+ अ-


काठमाडौं । अन्ततः लामो समयदेखि चर्चा र विवादको विषय बनिरहेको कर्मचारी समायोजन अध्यादेश, २०७५ संसदबाट पारित भएको छ । उक्त विधेयकलाई संसदको मंगलबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पेस गरेका थिए । उनको सो प्रस्तावलाई संसदको बहुमतले पारित गरेको छ ।

नेपाली कांग्रेस त्यस अध्यादेशको विपक्षमा थियो । साथै नेमकिपाका सांसद प्रेम सुवालले पनि त्यसको विपक्षमा मत दिएका थिए । वर्तमान सरकारले संघीय सेवामा रहेका कर्मचारीलाई स्थानीय तह र प्रदेशमा पठाउन कर्मचारी समायोजन अध्यादेश ल्याएको हो । यसै अनुसार समायोजन प्रक्रिया सुरु भइसकेको छ ।

विरोधको सूचना अस्वीकृत
यसको विपक्षमा कांग्रेसले आवाज उठाएको थियो । नेपाली काँग्रेसका तर्फबाट सांसद गगन थापाले अध्यादेश अस्वीकृत गरियोस् भनी विरोधको सूचना दर्ता गराएका थिए । तर उनको विरोधको सूचना बहुमतले अस्वीकृत भयो ।

थापाले कर्मचारी समायोजन ऐन २०७४ कार्यान्वयन नगरी अध्यादेश ल्याउनु गलत भएको र स्थानीय तह र प्रदेशमा रहेकाहरुलाई संघीय निजामती सेवामा आउने ढोका बन्द गरिएको आदि कारण देखाउँदै अध्यादेश फिर्ता लिनुपर्ने बताएका थिए ।
तर सो विरोधको सूचना पनि संसदले बहुमतले अस्वीकृत गरेको छ ।

चर्किएला त कर्मचारी आन्दोलन ?

यसैबीच यो अध्यादेशको विरोधमा अहिले कर्मचारी आन्दोलनमा छन् । कर्मचारीले सरकारले बलपूर्वक कर्मचारीलाई स्थानीय तह र प्रदेशमा पठाउन खोजेको भन्दै यसले सेवा प्रवाह राम्रो नभई झन् प्रभावित हुने बताएका छन् । उनीहरुले सरकारले जबर्जस्ती गरे सेवा नै प्रभावित पार्नेगरी आन्दोलन गर्ने जनाएका छन् । तर पनि यदि कर्मचारीले आन्दोलन गरे भने सरकारले कर्मचारीको ट्रेड युनियन नै खारेज गरिदिने बताएको छ । यसका बाबजुद पनि करिब १४ हजार कर्मचारीले भने समायोजनमा जाने भनी फाराम भरिसकेका छन् ।