२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डो सम्मिलित युभेन्टस कमजोर बन्दै, योङ ब्वाइजसँग पराजित



अ+ अ-

सुपरस्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित इटालियन क्लब युभेन्टस तुलनात्मक रुपमा कमजोर मानिएको स्वीस क्लब योङ ब्वाइजसँग पराजित भएको छ । योङ ब्वाइजले युभेन्टसलाई २–१ ले पराजित गरेको हो ।

योङ ब्वाइजको घरेलु मैदामा बुधबार राति भएको खेलमा युभेन्टसलाई पराजित गर्द गुइलाउमीले २ गोल गरे । युभेन्टसका पाउलो डिब्यालाले एक गोल फर्काए । घरेलु टोलीले खेलको ३०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेलमा सुरुवाती अग्रता बनाएको थियो ।

युभेन्टसका एलेक्स सान्द्रोले योङ ब्वाइजका नागामालेउलाई डि–बक्समा फउल गरेपछि रेफ्रीले योङ ब्वाइजलाई पेनाल्टीको मौका दिएको थियो । जसमा गुइलाउमीले सहजै गोल गरे ।

पहिलो हाफमा १–० को अग्रता बनाएको योङ ब्वाइजले ६८औं मिनेटमा अग्रता दोब्बर पार्यो । यसपटक नागामलेउको पासमा गुइलाउमीले गोल गरे ।

८०औं मिनेटमा पाउलो डिब्यालाले रोनाल्डोको पासलाई सदुपयोग गर्दै एक गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा योङ ब्वाइज २–१ ले विजयी हुन सफल भयो ।

योङ ब्वाइजसँगको हारपछि पनि युभेन्टस समूह ‘एच’ बाट समूह विजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भएको छ । योङ ब्वाइज ४ अंक जोडेर पुछारमा रह्यो ।

यही समूहको अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब भ्यालेन्सियासँग २–१ ले पराजित भयो । पराजित भएपनि म्यानचेस्टर युनाइटेड समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको छ ।

भ्यालेन्सियाको जितमा कार्लोस सोलरले गोल गरे । एक गोल उपहार पाएको थियो । युनाइटेडका मार्कुस रासफोर्डले एक गोल फर्काए । वर्न (एजेन्सी)