२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-अस्ट्रेलिया टेस्ट, राेमाञ्चक खेलमा भारत विजयी



अ+ अ-

एडीलेड, २४ मंसिर । अस्ट्रेलियाकाे एडिलेडमा सम्पन्न पहिलाे  टेस्टमा भारतले अस्ट्रेलियालाइ उसकै घरेलु मैदानमा ३१ रनले पराजित गरेकाे छ ।

अस्ट्रेलियाका पुछाररका ब्याट्सम्यानले राम्राे रन बनाएसँगै खेल दुवै टीममध्ये कसले जित्छ भन्ने अनुमान लगाउन कठिन भइरहेकाे थियाे ।

तर निश्चित अन्तरालमा अस्ट्रेलियाले विकेट गुमाएकाे थियाे ।

तीन सय २३ रनकाे लक्ष पछ्याएकाे अस्ट्रेलिया अन्ततः २९१ रनमा अलअाउट भयाे । भारतका लागि माेहम्मद सामी, रवि अश्विन र बुमराहले तीन तीन विकेट लिएका थिए भने इसान्त शर्माले एक विकेट लिएका थिए ।

खेलकाे प्लेयर अफ द म्याच भारतका चेतेश्वर पुजारा भए । उनले भारतका लागि दुवै इनिङमा महत्वपूर्ण रन बनाइ जितकाे अाधार तयार पारेका थिए ।

खेल संक्षेप

भारतः पहिलाे इनिङ – २५० अलअाउट, दाेस्राे इनिङ – ३०७ अलअाउट (३२३ रनकाे लक्ष प्रस्तुत)

अस्ट्रेलियाः पहिलाे इनिङ  – २३५ अलअाउट, दाेस्राे इनिङ – २९१ अलअाउट

भारत ३१ रनले विजयी

भारत शृङ्खलामा १ – ० ले अगाडि 




भर्खरै