२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट क्रिकेटः इङ्ल्यान्ड ५७ रनले विजयी



अ+ अ-

क्यान्डी, श्रीलंका, ३ मङ्सिर: श्रीलंकाको क्यान्डीमा भएको दोस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्डका बलर ज्याक लिचले पाँच विकेट लिएपछि श्रीलंका ५७ रनले पराजित भएको छ । तीन खेलको यस शृङ्खलामा इङ्ल्यान्डको यो लगातार दोस्रो विजय हो ।

पाँचौं दिन ३० मिनेटभित्रै इङ्ल्यान्डले श्रीलंकाका तीन विकेट लिएर खेल जितेको थियो । सन् २०१५–१६ मा अफ्रिकालाई पराजित गरेयता विदेशी भूमिमा इङ्ल्यान्डको यो पहिलो शृङ्खला विजय हो । श्रीलङ्कालाई यसअघि सन् २००१ मा इङ्ल्यान्डले श्रीलंकामै आएर शृङ्खला जितेको थियो ।

श्रीलंकालाई जितका लागि ३०१ रन आवश्यक थियो, तर श्रीलंकाले २४३ रन मात्र बनाउन सकेको थियो ।

यसअघि गाल्लेमा भएको पहिलो टेस्ट पनि इङ्ल्यान्डले जितेको थियो । दोस्रो टेस्टमा ज्याक लिच, मोइन अलि र अदिल रसिदले १९ विकेट लिएका थिए । साथै, इङ्ल्यान्डका कप्तान जो रुटले दोस्रो इनिङमा १२४ रनको महत्वपूर्ण पाली खेलेका थिए ।

जितपछि बोल्दै कप्तान रुटले निकै सङ्घर्षपूर्ण जीत प्राप्त गरेकामा टोलीका सबै खेलाडी प्रसन्न रहेको बताए ।

तेस्रो टेस्ट कोलम्बोमा शुक्रबार शुरु हुँदैछ ।