२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यती एयरलाईन्स भित्रै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप



अ+ अ-

भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ ।

यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ ।

असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुकी ३० बर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ ।

यती एयरको एटीआर ७२—५०० यात्रा गरिरहेकी पुष्पा भैरहवाबाट उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको परिवारको आरोप छ ।

विमान चढेको १० मिनेटमै अचेत भएर ढलेकी पुष्पालाई जहाज कम्पनीले भैरहवा नै फर्काएर छिटो उपचार गराउनेतर्फ ध्यान नदिँदा उनले ज्यान गुमाउनेपरेको मृतक पुष्पाका काका विष्णुबहादुर रायमाझीले बताए । पुष्पा र उनकी फुपु माया खडका र ७८ बर्षीया हजुरआमा दाँतको उपचारका निम्ति काठमाडौं आउँदै थिए ।, आजको अन्नपुर्णपोष्टमा यो खबर छ ।