२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसीप : नेपाल समूह ‘ए’मा



अ+ अ-

आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल नेपाल समूह ‘ए’ मा परेको छ ।

बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा परेका हुन् ।

समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । भारतमा भएको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै घर फर्केको थियो । त्यसअघिका संस्करणमा भने नेपाल अन्तिम चरणमा आएर भारतसँग पराजित हुँदै आएको थियो ।

प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने अझै लागेको छैन । यसपटक हुने प्रतियोगिताको पाँचौ संस्करण हो ।

नेपाल र भारतबीचको खेल शुरु

भारतको लखनउमा जारी एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत नेपालको यू–१९ र भारतको यू–१९ ‘ए’ बीच खेल शुरु भएको छ । लखनउमा शुरु भएको खेलमा टस जितेर नेपालले पहिलो ब्याटिङ रोजेको छ ।

पहिलो खेलमा भारतको यू–१९ ‘बी’ टोलीसँग ४० रनले पराजित भएको नेपाली टोलीले आज दोस्रो खेल खेल्न लागेको हो ।

विनोद दासको प्रशिक्षणमा रहेको टोलीमा कप्तान मोहमद आसिफ शेख, ट्रिटराज दास, रवि शाह, लोकेश बम, रित गौतम, रसिद खान, भीम सार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, पवन सराफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम छन् । नेपाली टोली सोमबार त्यसतर्फ गएको हो ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ)को अयोजनामा जारी सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका एक÷एक यू–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।