२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर तेक्वान्दो डोजाङको उद्घाटन



अ+ अ-

भरतपुर, १२ फागुन । चितवनको भरतपुरमा नवनिर्मित तेक्वान्दो डोजाङको आज उद्घाटन गरिएको छ । चितवन जिल्लाबाट साउथ यसियन खेलाडीका साथै ओलम्पिक खेलाडीहरु उत्पादन गर्ने उदेश्य सहित उक्त तेक्वान्दो प्रशिक्षण केन्द्र (तेक्वान्दो डोजाङ)निर्माण गरिएको हो ।

उक्त तेक्वान्दो प्रशिक्षण केन्द्रमा कोरियाबाट तालिम प्राप्त गुरु सुनिल सिंह त्यसै गरि तेक्वान्दो गुरु जयदेव पौडेल र रोजिना थपलियाले खेलाडीहरुलाई प्रशिक्षण दिने छन् । डोजाङ निर्माण भएपछि खेलाडीहरु मा खुसियाली छाएको छ । यस प्रशिक्षण केन्द्र को कुल लागत खर्च १२ लाख रहेको छ भने निर्माण कार्य एक महिनाको अवधिमा सम्पन्न भएको छ ।

उक्त प्रशिक्षण केन्द्रको उद्घाटन ससस्त्र प्रहरी उपरीक्षक श्याम कोइराला ले गरेका छन् भने प्रमुख अतिथिमा पुर्व ए आइजी ऋषव देव भट्टराई र प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ उपस्थित थिए । साथै सुरक्षा निकायका उच्च पदस्थ व्यक्तिहरुको पनि सहभागिता थियो । उक्त प्रशिक्षण केन्दका संरक्षक टेक प्रसाद गोतामे  (जेकि चेन)ले निर्माण कार्यमा सहयोग गर्नेसबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।