२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नीमा ‘सरी ल’



अ+ अ-

आगामी शुक्रबारबाट नेपालभर प्रदर्शन हुनलागेको नेपाली चलचित्र ‘सरी ल’ आगामी नोभेम्बर २२ तारिखका दिन अष्ट्रेलियाको सिड्नी हर्सभीलस्थित सिभिक थियटरमा प्रथम प्रदर्शन हुने भएको छ । यसको अर्को प्रदर्शनी २९ तारिख पनि हुनेछ । एमएन अडियो भिजियुअलले प्रदर्शन गर्ने तयारी गरेको चलचित्रको टिकट बिक्री सुरु भएको संस्थाले जनाएको छ । चलचित्रको टिकट दर २० डलर प्रतिव्यक्ति तोकिएको छ । एमएनएभीका सुमन सिवाकोटीका अनुसार यसको अनलाईन बुकिंग www. hamrosydney.com.au अथवा www. ticketsnmore. com.au मा गएर गर्न सकिनेछ ।

सामाजिक कथावस्तुलाई समेटेको चलचित्र सरी ल ले मुख्यतः पछिल्लो समय युवा पुस्तामा कसरी फेसबुकबाट प्रेम र त्यससँगै अपराधिकरण भइरहेको छ भन्ने कुरालाई जोड्न खोजेएको छ । फेसवुकले स्थापित गरेको युवा र युवती बीचको प्रेम र आफ्नो मनले आँट्न नसक्दा दोहोरो प्रेममा उत्पन्न हुने दुर्घटनाको परिवेशलाई चलचित्रले कलात्मक रुपमा प्रस्तुत गरेको छ । कृष्णबहादुर महर्जनको निर्माणमा बनेको चलचित्रलाई अञ्जु केसीले प्रस्तुत गरेकी हुन् । चलचित्रमा अनिता आचार्य, सुवास थापा ,राजन खतिवडा र मार्टिन खान लगाएतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् ।