२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामा हजारौं नेपाली जोखिममाः मानवअधिकार आयोग



अ+ अ-

काठमाडौं, ११ पुस । वैदेशिक रोजगारको खोजीमा मलेसिया पुगेका हजारै नेपाली त्यहाँको प्रशासनबाट लुक्दै जोखिमपूर्ण जीवन विताउन बाध्या भएको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले देखाएको छ । मलेसियामा पुगेका आधाभन्दा बढी कामदार दलालहरुको फन्दामा परेर घर न घाटका हुँने गरेका छन् ।

‘नेपाली कामदार मलेसियाका लागि काठमाडौंमा प्लेन चढेदेखि नै ठगीको दुश्चक्रमा परेको देदियो,’ गत अगस्टमा स्थलगत अध्ययन गर्न मलेसिया पुगेको आयोगका पदाधिकारी टोलीका सदस्य मध्ये गौरी प्रधानले भने,’धेरैको जीवन त्यहाँ बधुवा मजदुरको जत्तिकै छ कान्तिपुर दैनिकले छापेको छ ।’

सरकारी तथ्याङ्क अनुसार मलेसियामा साढे तीन लाख नेपाली कामदार भएपनि स्थलगत अध्ययनका क्रममा झण्डै साढे चार लाख नेपाली त्यहाँ भएको देखिएको प्रधनाले बताए । ‘उनीहरु मध्ये आधाचाहिँ मलेसियाको विमानस्थलमा उत्रने वित्तिकै ठगिन्छन्,’ प्रधानले भने, ‘विमान स्थलमा कम्पनीका मान्छेले आफ्नै सर्तमा जबरजस्ती करार गराउदा रहेछन् । ‘
काठमाडौंका न्यानपावर व्यवसायीबाठ गरिएभन्दा फरक करारनामा मलेसियाको विमास्थलमा भएपछि नेपाली कामदारको मानसिक तनाव अत्याधिक बढ्ने गरेको प्रधानले बताए । उनीहरुलाई बवोल गरिए भन्दा भिन्दै र जोखिमपूर्ण काम गर्न लगाईने, काम गर्ने समय बढाईने र तलव कम दिईने प्रवृती देखिएको प्रतिवेदनमा उल्लेख छ ।