२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व भूकम्प इन्जिनियरिङ् सम्मेलनमा नेपालको सहभागिता



अ+ अ-

भीम के सी कमल /एचकेनेपाल डट कम-
लिस्बन, २६ सेप्टेम्बर । विश्व भूकम्प इन्जिनियरिङ् संगठनको आयोजना र पोर्चुगल भूकम्प इन्जिनियरिङ् समाजको संयोजनमा पोर्चुगलको राजधानी लिस्बनमा सेप्टेम्बर २४ देखि ५ दिने भूकम्प इन्जिनियरिङ् सम्बन्धी १५ औं बिश्व सम्मेलन प्रारम्भ भएको छ।

भूकम्प सम्बन्धी अनुसन्धाता, इन्जिनियर, प्राबिधिक, बिशेषज्ञ तथा सरोकारवालाहरुको बृहत् भेला गराइ अनुभबको आदान प्रदान गराउन, भूकम्प सम्बन्धी नयाँ अनुसन्धानका नतिजाहरु प्रस्तुत गर्न तथा भूकम्पीय क्षति न्युनीकरण र समस्या समाधानका बिषयहरुमा गहन छलफल गर्न प्रत्येक ४ बर्ष सम्मेलन हुने गर्दछ।

यस पटक सन् १७५५ मा आफैंले महाभूकम्पको बिनासकारी त्रासदी भोगेको पोर्चुगलले पहिलो पटक आतिथ्यता गरेको हो। सन् १९५६ मा अमेरिकाको क्यालिफोर्नियामा आयोजना भएको पहिलो सम्मेलनपछि बिभिन्न देशहरुमा हुदै यस अघि सन् २००८ मा चीनमा १४ औं विश्व सम्मेलन सम्पन्न भएको थियो।

२४ सेप्टेम्बरका दिन लिस्बन काँग्रेस सेन्टर, बेलेममा बिश्व भरबाट आएका करीब ३ हजार सहभागीहरुको उपस्थितिमा भएको बिश्व सम्मेलको उदघाटन समारोहमा आयोजक संस्थाका अध्यक्ष टर्किस प्राध्यापक पोलट गुल्कान, सम्मेलन आयोजक समितिका स्थानीय संयोजक पोर्चुगल भूकम्प इन्जिनियरिङ् समाजका अध्यक्ष प्रो. कार्लोस ओलिभेरा, लिस्बन महानगरपालिकाका निर्देशक म्यानुएल ब्रीटो तथा प्रधानमन्त्री कार्यालयका सहसचिब कार्लोस मोइदासले मन्तब्य ब्यक्त गरेका थिए।

सम्मेलनमा नेपालको तर्फबाट भूकम्पको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था तथा दातृ निकायका प्रतिनिधिहरु ११ जना र शिक्षा बिभागका निर्देशक कमलप्रसाद पोखरेलको नेतृत्वमा बिद्यालय निर्माणमा काम गर्ने बरिष्ठ इन्जिनियरहरुसहित ४ जनाको सरकारी प्रतिनिधिमण्डल गरि जम्मा १५ जना सहभागी छन्।

कार्यक्रमका नियमित सत्रहरुको अतिरिक्त सहभागीहरुलाई बिभिन्न म्युजियमहरु, सन् १७५५ को महाभूकम्पका संरक्षित अबशेषहरु, लिस्बन र सिन्त्रा क्षेत्रका पुरातात्विक महत्वका स्थानहरुको भ्रमण गराउनुका अतिरिक्त विश्व सम्पदाको रुपमा रहेको पोर्चुगलको परम्परागत संगीत फादोको समेत अवलोकन गराउने कार्यक्रम रहेको छ।

भूकम्पीय दृष्टिले उच्च खतरायुक्त हिमालयन माउन्टेन बेल्टमा पर्ने नेपालले समेत पटकपटक भूकम्पको बिनाशलिला भोग्दै आएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार सन् २०१२ मा मात्र ४ देखि ५।६ रेक्टर स्केलसम्मका ३२ वटा भूकम्पीय धक्काको महशुस गरेको नेपालको राजधानी काठमाडौं शहर भूकम्पको उच्च खतरामा रहेको छ। एक अनुमान अनुसार ७ रेक्टर स्केलको भूकम्प जाने हो भने काठमाडौं २ लाख मानिसको मृत्यु हुने, १५ लाख मानिस घरबार बिहीन हुने र ६० प्रतिशत घरहरु पूर्ण रुपमा नष्ट हुने छन्।

यस सन्दर्भमा सम्मेलनमा भएको सरकारी र गैरसरकारी क्षेत्रको यत्रो ठूलो सहभागिता अनुत्पादक बिदेश भ्रमणमा मात्र सिमित रहने हो वा नेपालको भूकम्प ब्यबस्थापनको प्रभावकारीतामा सकारात्मक प्रभाब पार्न सफल हुने हो त्यो भने हेर्न बाँकी नै रहेको छ।